मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशद्धारा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण
पाेखरा | असार १४, २०८२
पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई सहयोग स्वरुप चामल, दाल, नुन, तेल, आलु लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको हो ।
सो अवसरमा बोल्दैै पोखरा महानगरपालिका एमाले दलका नेता तथा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले जनताको बहुदलिय जनवादको प्रतिपादक मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले मानव सेवा आश्रममा आश्रितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।
एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक कामलाई समेत अगाडी बढाएकोमा एकेडेमी प्रति आभार प्रकट गर्दै जननेता मदन भण्डारीले देखाएको बाटोमा अगाडी बढ्नुनै अहिलेको आवश्यक्ता रहेको योगीको भनाइ रहेको थियो ।
मदन भण्डारीलाई जनताले मानेको एक नेता भएकाले भण्डारीको बिचारलाई अंगीकार गरि मदन भण्डारी स्पोर्टस एकेडेमीले दिन दुखीको सेवामा लागि परेको र दिन दुखीको सेवामा आफुपनि लागि पर्ने समेत बताइन । मानव रहित सडक निर्माणका लागि मानव सेवा लागि परेको र त्यसका लागि सम्पूर्ण संघ संस्था ब्यक्तिहरुले सहयोग गर्नुपर्नेमा उनको भनाइ थियो ।
मानव सेवा आश्रम पोखराका प्रमुख सदिश पुनले मदन भण्डारी स्पोर्टस एकेडेमीले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रम छोरेपाटनमा आश्रिम आमाहरु र बालकबालिका लागि खाद्यान्न सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।
मदन भण्डारी कम्युनिष्ट आन्दोलनको धरोहर र उहांको मार्गनिर्देशनमा अगाडी वढ्दै दिन दुखीको सहयोगमा समेत स्पोर्टस एकेडेमी लागि परेकोमा एकेडेमी प्रति पुनले आभार प्रकट गरे ।
पुनका अनुसार मानव सेवा आश्रम छोरेपाटन शाखामा एक सय जना आमा तथा बालबालिका र हेम्जा शाखामा १ सय ७० जना आश्रित रहेको र उनीहरुको लागि स्वदेश र विदेशमा रहेको नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगमा खाने र बस्ने र उपचारको ब्यवस्था मिलाइएको समेत बताए ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले मनद भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदका गतिविधी संगै सामाजिक सेवामा समेत अगाडी वढिरहेको बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

